सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्ने डुंगा

<span class='c1'>सप्तकोशी नदीमा गाँजा</span> <span class='c2'>ओसारपसार गर्ने डुंगा</span>

विराटनगर । सप्तकोशी नदीमा गाँजा ओसारपसार गर्न छुट्टै डुंगा चलेको छ । प्रहरीले गाँजा २४८ केजी गाँजा लोड गरेको डुंगा पक्राउ गरेपछि गाँजा कारोबारीले जलमार्ग भएर गाँजा ओसारपसार गर्न थालेको रहस्य खुलेको हो । जसका लागि ट्यूवमा बाँस बाँधेर त्यसमाथि गाँजा प्याक गरिएका बोरा राखिएको पाइएको थियो । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलिले नदीको वहावमा नाउ खियाउँदै गाँजा ओसारपसार गरिरहेको देखेपछि नियन्त्रणमा लिइएको हो । सप्तकोशी नदीमा बाँस ओसारपसार गर्नेहरुले समेत त्यहाँ भित्र गाँजाका बोरा राख्ने गरेको सूचना यस अगाडी आएको थियो ।

प्रहरीले पछिल्लो समय जताततै गाँजा नियन्त्रणमा लिएको छ । धनकुटाको सहिदभुमी गाँउपालिका–४ खोकु स्थितबाट लागुऔषध गाँजा बोकेको पिकअप गाडी सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते राती प्रहरी चौकी आखिँसल्लाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले को.१ च ९२९० नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा उक्त पिकअपमा २५ वटा बोरामा २८७ किलोग्राम गाँजा बरामद गरेको थियो ।

लागुऔध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न पिकअप र चालक सहिदभुमी–४ का २५ बर्षीय मेघराज राईलाई समेतलालई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ । यसैगरी सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ स्थित हुलाकी मार्गबाट सशस्त्र प्रहरी बलले २३५ केजी गाँजासहित जिप नियन्त्रणमा लिएको छ ।

सोही गाउँपालिकाको फुलचोकबाट दक्षिणमा पर्ने भारतीय सीमा इलाकातर्फ जादै गरेको बा ९ च ७१६६ नम्बरको जिपमा लुकाई छिपाई राखेको अवस्थामा ८ बोरा प्रतिबन्धित लागूऔषध गाँजा सशस्त्रले बरामद गरेको हो । बोर्डर आउट पोष्ट ९बिओपी० लौकही र सुरक्षा बेस भुटाहाको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी बलले उक्त गाडी रोक्ने क्रममा चालकले गाडी भगाउन खोज्दा नजिकैको खेतमा गाडी फसेको थियो । त्यसपछि चालक गाडी छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा र गाडी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।
यसअघि सशस्त्र प्रहरी बलले २५ भदौमा सुनसरीकै बराहक्षेत्र नगरपालिका–६ स्थित शिसौलीघाटबाट करीब २ सय ४५ केजी गाँजा बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्