चार वटा संसदीय समितिको बैठक बस्दै

<span class='c1'>चार वटा संसदीय</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद्अन्तर्गत बिहीबार चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको विभिन्न देशका प्रस्तावित राजदूतहरूको सुनुवाइ हुनेछ ।

त्यस्तै, शिक्षा, स्थास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाहीबारे छलफल हुनेछ । त्यस्तै मन्त्रालयका चुनौती र भावी कार्यदिशाबारे पनि छलफल गर्ने कार्यसूची छ ।

त्यसैगरी, आज प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आजै बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्