हज यात्रा जानेहरुका लागि सरकारले विशेष सुविधा उपलब्ध गराउने

<span class='c1'>हज यात्रा जानेहरुका लागि सरकारले</span> <span class='c2'>विशेष सुविधा उपलब्ध गराउने</span>

काठमाडौं । नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले हज(तिर्थाटन) यात्रामा जानेहरुका लागि सहजीकरण गरिरहेको जनाएका छन् । यात्रा गर्ने सबैका लागि ओहोर दोहोर प्लेनको सुविधा हुने बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष मियाँले होटेलदेखी मक्का मस्जिदसम्म गाडीको व्यवस्था समेत गरिने बताएका हुन् ।

उनले भने, ‘हज यात्रा गर्ने यात्रुका लागि हामीले होटलको व्यवस्था गर्छौं । आउन जान प्लेनको सुविधा दिलाउछौं । खानबस्नका सुविधा भइहाल्छ, होटेलदेखि मक्का भन्ने मस्जिदसम्म गाडिको व्यवस्था हुन्छ । डाक्टरको आवश्यक्ता परे डाक्टर पनि उपलब्ध गर्नेछौं । ’साथै नेपाल हज समितिले साउदी अरव सरकारको निर्णय अनुसार यस वर्षको हज यात्राका लागि खुला प्रतिस्पर्धा हुने जनाएको छ । अहिलेसम्म हज यात्राका लागि कति जना पठाउने भन्ने निर्णय नभएको हज समितिले जनाएको छ ।

हज समितिले सन् २०२५(हज १४४६)का लागि नेपालबाट १२ सय जनाको कोटा साउदी अरब सरकारले निर्धारण गरिसकेको जनाएको छ । यात्रा शुल्कका लागि पहिलो किस्ता स्वरुप प्रतिव्यक्ति ५० हजार रुपैंयाँ जम्मा गर्न समितिले सूचनामार्फत यसअघि नै जानकारी गराइसकेको छ ।
गृह मन्त्रालय अन्तर्गतको समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि बर्षेनी आवेदन माग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्