स्पेन र श्रीलंकाका प्रस्तावित राजदूतका यस्ता छन् प्रतिवद्धता

<span class='c1'>स्पेन र श्रीलंकाका प्रस्तावित</span> <span class='c2'>राजदूतका यस्ता छन् प्रतिवद्धता</span>

काठमाडौं । संसदीय सुनुवाइ समितिले स्पेन, श्रीलंकालगायतका देशका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई सकिएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपाल, श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईलगायतका प्रस्तावित राजदूतको सुनुवाई गरेको हो ।

सुनुवाईका क्रममा स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालले दुईदेशको उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।
त्यस्तै उनले नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास गर्ने बताए ।
उनले भने,‘नेपाल र स्पेनबीच उच्चस्तरीय राजनीतिक भ्रमणका लागि पहल गर्नेछु । साथै नेपालले संयुक्त राष्ट्रसंघमा वा अन्य अन्तर्राष्ट्रिय संघ संस्थामा उम्मेदवारी दिइएको अवस्थामा स्पेनको समर्थन जुटाउन प्रयास पनि गर्नेछु ।’नेपाल र स्पेनका परराष्ट्र मन्त्रालयबचि नियमित रुपमा वार्ता र द्विपक्षीय संयन्त्रहरुलाई क्रियाशील बनाउन पहल गर्ने पनि उनको भनाइ छ ।

त्यस्तै श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्ने प्रतिवद्धता जनाए ।
उनले भने,‘ आर्थिक कुटनीतिलाई केन्द्रविन्दु बनाएर काम गर्नेछु । लुम्बिनीको विकासका लागि थप आर्थिक सहयोग जुटाउन समेत प्रयास गरिने छ ।
उनले लुम्विनी, काठमाडौं र कोलम्वोबीच नियमित हवाई उडान सञ्चालनका लागि पहल गर्ने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्