झापाको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको कुकर बम फेला

<span class='c1'>झापाको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट</span> <span class='c2'>भएको कुकर बम फेला</span>

झापा । बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै बिस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ ।

बिर्तामोड ६ स्यालडागीस्थित, गिरीबन्धु टि स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेबी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ ।

छत्रबाबु गिरीले संचालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ ।
स्थानीयले बम बिस्फोट भएको खबर प्रहरीलाई गरेका थिए । आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित बिस्फोट भएको कुकर बरामद गरेको छ ।

प्रहरीका अनुसार सो स्थानमा बिस्फोट भएको जस्तो नदेखिएको , अन्यन्त्र कतै बिस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्