विराटनगरका कानून विद्यार्थीद्वारा संविधान दिवसको अवसरमा विविध कार्यक्रम

<span class='c1'>विराटनगरका कानून विद्यार्थीद्वारा संविधान</span> <span class='c2'>दिवसको अवसरमा विविध कार्यक्रम</span>

विराटनगर । संविधान दिवसको अवसरमा विराटनगरका कानून विद्यार्थीहरूले एक कार्यक्रमको आयोजना गरेको छ ।

कानून विद्यार्थी संस्था लुक्ला नेपालले वक्तृत्वकला र निबन्ध प्रतियोगिता आयोजनामा गरेको हो।

वक्तृत्वकला प्रतियोगिताको विषय "नेपालको संविधानमा मौलिक हकहरूको कार्यान्वयनः चुनौति र अवसर" रहेको थियो भने निबन्ध प्रतियोगिताको विषय "नेपालको संविधान" थियो।

उक्त प्रतियोगितामा २० जना विद्यार्थीहरू सहभागिता जनाएका थिए। वक्तृत्वकलातर्फ दोस्रो वर्षकी छात्रा ईशिका यादवले प्रथम स्थान हासिल गरिन्। एलिशा मगर र बन्दना साहले क्रमशः दोस्रो र तेस्रो स्थान प्राप्त गरे। निबन्ध प्रतियोगितामा रिलक क्षेत्री प्रथम, राजेश कुमार साह दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए।

कलेजका शिक्षक तथा अधिवक्ता विवेक तिमल्सिना र शिक्षिकाहरू मिना आचार्य, रुक्मिणा दाहाल लगायतले निर्णायकको भूमिका निभाएका थिए। विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

उक्त कार्यक्रमले विद्यार्थीहरूमा संविधान प्रति जागरूकता बढाउन र उनीहरूको बौद्धिक क्षमता विकास गर्नका लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्