माओवादी केन्द्रले संसद अवरोधलाई निरन्तरता दिने

<span class='c1'>माओवादी केन्द्रले संसद</span> <span class='c2'>अवरोधलाई निरन्तरता दिने</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको अवरोधलाई निरन्तरता दिने भएको छ ।

शुक्रबार बसेको संसदीय दलको बैठकले जनयुद्धलाई अपमान गरेर बोलिएको शब्द फिर्ता गरी समाधान नभएसम्म सदनको अवरोधलाई जारी राख्ने निर्णय भएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘हामीले संसद अवरोध गरिरहेका छौं । माओवादीबाट सञ्चालित दश बर्षे सशस्त्र जनयुद्ध थियो यो कुरालाई शान्ति प्रक्रियामा उल्लेख गरेर अगाडि बढिरहेका छौं । संविधानमा जसरी सबै कुरालाई इङ्गित गरेका छौं । जनयुद्धलाई अपमानित गर्ने हिसाबले एमालेका सांसद योगेश भट्टराईले अभिव्यक्ति दिनुभयो । त्यतिबेलामा पनि शसक्त प्रतिवाद गरेका थियौं । २६ गतेको बैठकमा सभामुखको रुलिङ हिंसा शब्दलाई मात्रै केन्द्रित गरेर मात्र आयो । जनयुद्ध, जनमुक्ति सेनालाई अपमान गरेको उहाँको भाव छ । त्यसलाई प्रतिरोध गर्नुपर्छ । यि विषयमाथि समस्या समाधान नभएसम्म संसद अवरोध निरन्तर गर्ने छौं ।’

त्यस्तै माओवादी केन्द्रले सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने निर्णय पनि गरेको उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्