मौसम पूर्वानुमान : यी चार प्रदेशमा हुनेछ भारी वर्षा

<span class='c1'>मौसम पूर्वानुमान : यी चार</span> <span class='c2'>प्रदेशमा हुनेछ भारी वर्षा</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको जनाएको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेश, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोसी र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापसमा छ । देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीको उत्तरपूर्वतर्फ रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्