सहकारी छानबिन समिति प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा

<span class='c1'>सहकारी छानबिन समिति प्रतिवेदनलाई</span> <span class='c2'>अन्तिम रुप दिने तयारीमा</span>

काठमाडौं । सहकारी छानबिन समितिले अहिलेसम्म सरकारले सहकारी ठगिमा संलग्न भइ फरार रहेका व्यक्तिहरुको खोजका सन्दर्भमा गरेको प्रगतिका बारे जानकारी लिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी छानबिन विशेष समितिले गृहमन्त्रीलाई आमन्त्रित गरी फरार रहेका व्यक्तिहरुको खोजका बारेमा गरेको प्रगति बारे जानकारी लिएको सभापति सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भने, ‘खासगरी विदेशमा फरार रहेका जिबी राई, भरत महर्जन सहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगती हासिल गर्यो भनेर जानकारी लिएका छौं । अहिले हामी २५ जनाबाट पनि दुईजना थप गरेका छौं ।’साथै, आजकै बैठकले सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी छलफललाई व्यवस्थित गर्नेबारे निर्णय भएको पनि जानकारी गराए ।

उनले भने, ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिने बारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूचि, छलफलको योजना, वित्तिय विश्लेशनको जानकारी त्यस उपर छलफल प्रस्तुत, तथ्यांकमा छलफल र प्रस्तुतीकरणको ढाँचा शैलीमा गर्ने छलफललाई व्यवस्थित गर्ने बारे निर्णय गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्