गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-राधा भट्टराई
दुख्यो मुटु छामी हेरेँ कहर रहेछ
उसलाई त मुटु साट्ने रहर रहेछ

डाली मर्यो फूल नि झर्यो सडेछ जरा नि
अचम्म परें कस्तो दोषी नजर रहेछ

यति धेरै फोहोरी मन कसरी भो सोच्थें
उसलाई त छिमेकीको असर रहेछ

सागरको गहिराइमा डुबुल्की मारेर
पानी माथि ओभानो हुने लहर रहेछ

दुखाइको अन्तिम तह पुगेर दुख्दा नि
कठोर मन बोकेको त्यो सहर रहेछ ।।

विराटनगर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्