निहारीका कलेजको अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न, बीसीए आठौं सेमिस्टर विजयी

<span class='c1'>निहारीका कलेजको अन्तर कक्षा फुटसल प्रतियोगिता</span> <span class='c2'>सम्पन्न, बीसीए आठौं सेमिस्टर विजयी</span>

विराटनगर । निहारीका कलेजले आयोजना गरेको दुई दिने अन्तर कक्षा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर-५ बरगाछीस्थित कलेजले विराटनगर-२ को स्पोर्ट हवमा शुक्रबार र शनिबार यो प्रतियोगिता आयोजना गरेको थियो ।

कलेजका अध्यक्ष रुपेश खतिवडाका अनुसार प्रतियोगितामा कलेजका विभिन्न कक्षाका १२ वटा टोलीले भाग लिएका थिए । उपाधि बीसीए आठौं सेमिस्टरका विद्यार्थीहरूले जितेका छन् । भने बीबीएस दोस्रो वर्षका विद्यार्थीहरू उपविजेता बनेका छन् । विजेता टोलीलाई पुरस्कार वितरण गरिएको छ ।

अध्यक्ष खतिवडाले यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि र शारीरिक तन्दुरुस्तीको महत्व बढाउन भूमिका खेल्ने बताए । साथै उनले खेलकुदको क्षेत्रमा कलेजलाई उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्