विराटनगरका बडी बिल्डर अमलेश कर्ण सहकारी घोटाला आरोपमा पक्राउ

<span class='c1'>विराटनगरका बडी बिल्डर अमलेश कर्ण</span> <span class='c2'>सहकारी घोटाला आरोपमा पक्राउ</span>

विराटनगर । एकताका विराटनगरमा बडी बिल्डरदेखि भ्रष्टचार विरुद्धको अभियन्ता, नयाँ ढोल पिट्ने पार्टीको राजनीतिमा समेत सक्रिय देखिएका अमलेश कर्ण सहकारीमार्फत सर्वसाधारणको रकम ठगी आरोपमा पक्राउ परेका छन् । उनी विरुछ माछापुच्छ्रे सहकारीको सञ्चालक भएर ९ करोड रुपैंयाँ ठगी गरेको आरोप लागेको हो ।

विराटनगरको माछापुच्छ्र्रे सहकारीका अध्यक्ष अम्लेश अरुको भनाईका पछि कुद्ने भएर सर्वसाधारणको रकम ठगीमा एक्लै डुबेका हुन् । उनी दुई वर्षदेखि भूमिगत जस्तै थिए । यद्यपी उनी प्रहरीसँगको सम्पर्कमा पनि थिए । प्रहरीको नियन्त्रणपछि उनी बिरामी समेत परेका छन् । एक हजारको रकम हिनामिना गरेको सहकारीका अध्यक्ष कर्ण रक्तचापका कारण अस्पताल भर्ना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनी विरुद्ध सहकारी ठगी कसुरमा अनुसन्धान भईरहेको छ । उनी विरुद्ध बचत रकम दिलाई दिन र ठगी गर्नेलाई कारवाही गर्न माग गर्दै पीडितले निवेदन दिएका छन् । सहकारीका २६ जनाबिरुद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेका हुन् ।

बुधबार नै पक्राउ परेका कर्ण शारीरिक सुगठन र मोडलिङबाट सहकारीमा प्रवेश गरेका हुन् । कर्ण २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा स्वन्तन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन् । सहकारीको अध्यक्ष रहेर मासिक रुपमा तलव लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीबिरुद्ध प्रहरीमा जाहेरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्