भूदेव खाद्य उद्योगद्वारा विराटनगरका तीन व्यवसायसँग सहकार्य सम्झौता

<span class='c1'>भूदेव खाद्य उद्योगद्वारा विराटनगरका</span> <span class='c2'>तीन व्यवसायसँग सहकार्य सम्झौता</span>

विराटनगर । भूदेव खाद्य उद्योग (हुलास फुड) ले आफ्ना थोक तथा खुद्रा बिक्रेताहरूलाई सुलभ सेवा पुर्याउने उद्देश्यले विराटनगरका तीन व्यवसायिक संस्थाहरूसँग सम्झौता गरेको छ।

हुलास फुडले विराटनगरको अध्या फार्मेसी, जीरोपोइन्ट रेस्टुरेन्ट र अर्बन स्पोर्टससँग यो सम्झौता गरेको हो। यस सम्झौता अनुसार, भूदेव खाद्य उद्योगसँग आबद्ध थोक तथा खुद्रा बिक्रेताहरू र उनीहरूका आश्रित परिवारले विभिन्न सेवाहरूमा विशेष छुट पाउने छन्।

अध्या फार्मेसीमा औषधि खरिद गर्दा फार्मेसीको सम्पूर्ण सेवामा विशेष छुटको व्यवस्था हुनेछ। त्यसैगरी, जीरोपोइन्ट रेस्टुरेन्टमा खाना सेवामा पनि विशेष छुट प्राप्त हुनेछ। खेलकुदमा रुचि राख्ने बिक्रेता तथा उनीहरूका परिवारका सदस्यहरूले अर्बन स्पोर्टसबाट खेलकुद सामग्री खरिद गर्दा छुट पाउने,एम्स कलेज,क्युएफएक्स विराटनगरको सेवा सुविधाहरुमा विशेष छुट पाउने व्यवस्था रहेको कम्पनीले जनाएको छ।

भूदेव खाद्य उद्योगका अनुसार, यो सम्झौताले आफ्ना व्यापारिक साझेदारहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको छ। कम्पनीले आगामी दिनहरूमा यस्ता थप सम्झौताहरू गर्दै जाने योजना रहेको पनि बताएको छ। यो कदमले हुलास फुडसँग सम्बन्धित व्यापारिक समुदायलाई स्वास्थ्य, खानपान र खेलकुद क्षेत्रमा आर्थिक सहुलियत प्रदान गर्ने अपेक्षा गरिएको छ, जसले गर्दा समग्र व्यापारिक वातावरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्