एसियाली ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

<span class='c1'>एसियाली ट्रायल मास्टरमा</span> <span class='c2'>प्रीतिलाई स्वर्ण</span>

काठमाडौं । नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन् ।

मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन् ।

सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन् । रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए । पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए ।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाइ दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्