विधायन समिति सभापतिमा एमालेकी दाहाल निर्वाचित

<span class='c1'>विधायन समिति सभापतिमा</span> <span class='c2'>एमालेकी दाहाल निर्वाचित</span>

काठमाडौं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित भएकी छिन् ।

आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णायक बनेको जनता समाजवादी पार्टीले समेत एमालेलाई समर्थन गरेपछि दाहाल निर्वाचित भएकी हुन् ।

निर्वाचित भएपछि पत्रकाहरुसँग कुरा गर्दै दाहालले क्षमताअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वा गर्ने प्रतिवद्धता जनाइन् । उनले भनिन्, ‘निर्वाचन समितिको नियमित प्रक्रिया हो । प्रत्येक दुई दुई वर्षको अवधिमा समितिहरुको निर्वाचन हुने गर्दछ । म आफैं पनि विधायन समितिमा लामो समयदेखि काम गरिरहेकी छु । अहिले समितिमा तीनवटा विधेयकहरु छन् । ति विधेयकहरुमा हामी छलफल गर्छौं । अन्य विधेयकहरु सरकारले पठाएपछि नियमित रुपमा छलफल गर्छौं । म आफ्नो क्षमताले भ्याएअनुसार लगनशिल भएर समिति सभापतिको भूमिका निर्वाह गर्छु ।’

समितिका कुल १५ मत रहेकोमा एमालेकी दाहालले ८ र नेकपा एकिकृत समाजवादीकी जयन्तीदेवि राइले ७ मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्