विराटनगरबाट कारमा गाँजा बोक्ने दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट कारमा गाँजा बोक्ने</span> <span class='c2'>दुई जना पक्राउ</span>

विराटनगर । विराटनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई युवक पक्राउ परेका छन् ।

गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी निरीक्षक प्रकाश थापा र लागु औषध ब्युरोको टोलीले संयुक्त रुपमा कारमा लोड गरिएको गाँजा सहित ती युवालाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारत तर्फ जादै गरेको बा ८ च ७८८० नम्बरको कारमा अन्दाजी ४३ केजी गाँजा सहित विराटनगर १५ बस्ने ३२ बर्षका गणेश चौधरी र विराटनगर १३ बस्ने २२ वर्षीय राजेश परीयारलाई नियन्त्रणमा लिएको हो । महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको मोरङ प्रहरी प्रवक्ता ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।

पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानी विराटनगरले थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्