संसदीय समितिको प्रतिवेदनमा हस्ताक्षर

<span class='c1'>संसदीय समितिको</span> <span class='c2'>प्रतिवेदनमा हस्ताक्षर</span>

काठमाडौं । सहकारी ठगी छानबिनका लागि बनेको संसदीय समितिको अन्तिम प्रतिवेदनमा हस्ताक्षर भएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सातैजना सदस्यले हस्ताक्षर गरी प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन् ।

हस्ताक्षरपछि समिति सभापति सूर्य बहादुर थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए । उनका अनुसार प्रतिवेदन, सुझाव, निष्कर्ष र सिफारिससहित प्रतिवेदन १८ परिच्छेदमा तयार भएको छ । उनले भने, ‘हामीले ६६ वटा बैठक साढे तीन महिना नहुँदै सम्पन्न गरेका छौं । गहन अध्ययन र सबै तथ्यहरु केलाउने काम हामीले यो बीचमा गरेका छौं । सुझाव, निष्कर्ष र सिफारिससहित प्रतिवेदन १८ परिच्छेदमा रहेको छ ।’

उनले प्रतिवेदनले सिङ्गो सहकारी क्षेत्रलाई संकटबाट पुर्नउत्थान गर्ने र अपचलन गरेकाहरुलाई त्यसका निम्ति जवाफदेही बनाउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले यो प्रतिवेदन तयार गरेका छौं । यसले सिङ्गो सहकारी क्षेत्रलाई आजको संकटबाट पुर्नउत्थान गर्ने, अगाडि बढाउने अपचलन गरेकाहरुलाई त्यसका निम्ति जवाफदेही बनाउने र सहकारी क्षेत्र जनताको हितसँग सम्बन्धित रहेर मार्गनिर्देशन गर्ने छ ।’ प्रतिवेदन आजै प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्