दश वटा नाटक मञ्चन गर्दै विराटनगर विद्यालय नाटक महोत्सव समापन

<span class='c1'>दश वटा नाटक मञ्चन गर्दै</span> <span class='c2'>विराटनगर विद्यालय नाटक महोत्सव समापन</span>

विराटनगर । ‘साबित्रीको बाख्रो’ नाटक मञ्चनसँगै विराटनगर विद्यालय नाटक महोत्सवको चौथौ संस्करण समापन भएको छ ।

सोमबार रंगेलीको श्री एकता सेकेण्डरी स्कुलले भवानी भिक्षुको कथामाथि रमेशचन्द्र अधिकारीको निर्देशनमा नाटक मञ्चन गर्दै महोत्सव सकिएको हो।

आरोहण गुरुकुल विराटनगरको आयोजनामा दश दिन भएको महोत्सवमा आयोजक र नौ विद्यालयका एक/एक गरी दश वटा नाटक मञ्चन भएका थिए । महोत्सवमा सहभागी भएका मध्ये पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको नाटक ‘एक पटक बोलेको एक रुपियाँ’ले उत्कृष्ट नाटकको अवार्ड पायो । रंगकर्मीद्वय उद्धव सापकोटा र दिपा पोखरेलको निणर्ायक टिमले आदर्श माध्यमिक विद्यालयको नाटक ‘भविष्य निर्माण’का निर्देशक प्रनिशा रेग्मीलाई उत्कृष्ट निर्देशक घोषित गर्यो । यस्तै पूर्वाञ्चल स्कुलकै नाटकमा अभिनय गर्ने सुदेश चौधरी उत्कृष्ट अभिनेता र ग्रेडेड इङ्लिस मिडियम सेकेण्डरी स्कुलको नाटक ‘बुद्धिमानी आमा’मा अभनिय गर्ने सिमरन सुवेदी उत्कृष्ट अभिनेत्री घोषित भए ।

अवार्ड विजेताहरुलाई मोरङ प्याब्सनका अध्यक्ष प्रेमराज सिंह सुवाल, गुरुकुलका अध्यक्ष भैरव क्षेत्री लगायतले सम्मान र प्रमाणपत्र प्रदान गरे । विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा भएको महोत्सव भदौ २२ गते आयोजक गुरुकुलको ‘नीलाम्बरको आकाशयुद्ध’ मञ्चनसँगै शुरु भएको थियो । त्यसपछि क्रमशः ग्रेडेड स्कुलले ‘बुद्धिमानी आमा’, दिल्ली पब्लिक स्कुलले ‘छिमेकी’, आदर्श स्कुलले ‘भविष्य निर्माण’, ग्रीनल्याण्ड सेकेण्डरी स्कुलले ‘रङ’, पूर्वाञ्चल स्कुलले ‘एक पटक बोलेको एक रुपियाँ’ मञ्चन गरे । यस्तै नमुना विद्या मन्दिरले ‘जिम्मेवारी कसको ?’, मोरङ ज्ञानोदय सेकेण्डरी इङ्लिस स्कुलले ‘स्मार्ट बन्द’, सुबिजिमुर मेमोरियल सेकेण्डरी स्कुलले ‘ज्ञ’, श्री एकता सेकेण्डरी स्कुलले ‘साबित्रीको बाख्रो’ मञ्चन गरे । विद्यार्थीलाई रङ्गमञ्चसँग जोड्ने हेतुले गुरुकुलले हरेक वर्ष विद्यालय नाटक महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्