विराटनगरको ल्याण्डमार्क एजुकेसनमा `मल्टी डेस्टिनेशन एप्लिकेसन डे´कार्यक्रम सम्पन्न

<span class='c1'>विराटनगरको ल्याण्डमार्क एजुकेसनमा `मल्टी</span> <span class='c2'>डेस्टिनेशन एप्लिकेसन डे´कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगर-११ महेन्द्र चोकमा रहेको ल्याण्डमार्क एजुकेसनले `मल्टी डेस्टिनेशन एप्लिकेसन डे´कार्यक्रम सम्पन्न भएको छ।

अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेसनले आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो । एजुकेसनले विगत २४ वर्षदेखि अध्ययन गर्नका लागि अष्ट्रेलिया,अमेरिका,युके,क्यानडा पठाउदै आएको छ ।

उक्त कार्यक्रम विराटनगरदेखी सुरु भएर बुटवलमा गएर सम्पन्न हुने छ । बिहीबार काठमाडौं,शुक्रबार चितवन र शनिबार बुटवलमा हुने आयोजकले जनाएको छ । उक्त कार्यक्रम कक्षा १२ र ब्याचलर सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरिएको ल्याण्डमार्क एजुकेसनका शाखा प्रमुख बुद्ध लामाले जानकारी दिए।

अष्ट्रेलिया,अमेरिका,युके,क्यानडा अध्ययन गर्न जानका लागि केके प्रक्रिया छन्,यी देशहरु किन राम्रो,आयल्स/पीटी बिना अध्ययनको लागि जान पाइन्छ कि पाइदैन, जान कति खर्च लाग्छ, अध्ययनपछिको क्यारियरको सम्भावना,भिसा प्रक्रिया,छात्रवृत्तिको अवसर लगायतका विषयमा अन्तरक्रिया भएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रमम सहभागी भएका विद्यार्थीहरुलाई भिसा प्रक्रियाका सम्पुर्ण शुल्क नलिने शाखा प्रमुख लामाले बताए । सन् २००० मा स्थापना भएको ल्याण्डमार्क एजुकेसनले काठमाडौं, चितवन, बुटवल,विराटनगर र अष्ट्रेलियाको सिड्नीबाट आफ्नो सेवा दिदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्