‘ठूला दुई दल देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएका हौं’

<span class='c1'>‘ठूला दुई दल देशलाई अप्ठ्यारो परिस्थितिबाट</span> <span class='c2'>बाहिर निकाल्न एक भएका हौं’</span>

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठूला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन् ।

बुधबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठूला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे ।

उनले भने, ‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन् । यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौं अथवा कांग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे । अरु साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौं भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिदैन् । दुई ठूला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यरोमा छ । हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएका हो ।’ उनले संस्कार र संस्कृतिका विषयहरुलाई जारी संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानभित्र प्रतिबिम्वित गरेको बताए ।

संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानून अझै पनि बनाउन नसकेको उनको गुनासो छ । संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा अगाडि बढ्नु पर्ने पनि उनको भनाई छ । ‘संस्कार र संस्कृतिका विषयहरु हामीले जारी गरेको संविधान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा हामीले त्यहाँ भित्र प्रतिविम्वित गरेका छौं । त्यही कारणले नै हामीले समावेशितालाई उत्कृष्ट ढंगले प्रवेश गराएका छौं ।’ उनले भने, अहिले हामीले संविधानमा संस्कृतिको कुरा गर्दा यो संविधानलाई कार्यान्वयन गर्नुपर्ने जुन अठोट छ । हाम्रो कामकाजी कम छ, गफ मात्र धेरै गछौं । हामीले कसरी हुन्छ, संविधानमा व्यवस्था गरेका कुराहरु कार्यान्वयन गराउने सन्दर्भमा बनाउनुपर्ने कानून अझै पनि बनाउन सकेका छैनौं । हामीले संविधानले बोकेको संस्कृति अनुसार सुशासन र समृद्धिको बाटोमा चल्नु पर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्