बिबेक दाहाल
बिराटनगर मङ्सिर ३० , धनकुटामा आफ्नो बिद्यालय तह सकेर बिराटनगर स्टाफ नर्स पढ्न आएकी मनिषा कार्कीले मिस कोशी २०१६ मा भाग लिइन । मोडलिङमा खासै रुची नभएपनि रहर नै रहरमा प्रतिस्पर्थी बनेकी उनि मिस कोशी २०१६ को टप फाइबमा पर्न सफल भइन । निक्कै मजासिलो व्यवहार र सुन्दर रुपकी धनी मनिषाले यसै वर्ष आफ्नो नर्सको पढाइ सकेकी छिन । सबै संग चाडै घुलमिल हुने उनि पढाइ र मोडलिङ संगसंगै सामाजिक काममा पनि निक्कै अग्रसर छिन । उनि युथ फर ब्लड मोरंगमा बिगत २ वर्ष देखि सक्रिय स्वयंसेवकको भूमिका छिन भने लियो क्लब अफ बिराटनगर इनोभेटिभमा प्रशिक्षण प्रमुखको रुपमा काम गरिरहेकी छिन ।

निक्कै मधुर मुस्कानबाट मुस्कुराउने उनलाई साथीहरु कहिलेकाहीँ किन धेरै हासेकी भनेर पनि भन्ने गर्छन । जवाफमा उनि " मलाई हासिरहन मन पर्छ के गरौ त? " भनेर प्रतिप्रश्न समेत गर्छिन । कसैलाई दुख भएको देख्न नसक्नु उनको कमजोरी रहेको मनिषा बताउछिन। फुर्सदको समयमा नया नया ठाउँ घुम्न मन पराउने उनको हालसम्मको रिलेसनसिप स्टाटस भने सिङ्गल नै रहेको बताउछिन । हँसिलो मुहारकी उनि मोडलिङलाई आफ्नो शौक मात्र रहेको र नर्सिङ पेशालाई नै आफ्नो करियरको रुपमा लिने बताउछिन । हाल बिदेशमा थप पढाइको लागि जाने सोच बनाएर उनि त्यसकोलागि प्रक्रिया पनि पुरा गर्दैछिन ।
[caption id="attachment_27563" align="alignnone" width="640"]
तस्बिर : IMG STOCK ड्रेस : जुनजेली बुटिक , बिराटनगर[/caption]
[caption id="attachment_27564" align="alignnone" width="549"]
तस्बिर : IMG STOCK ड्रेस : जुनजेली बुटिक , बिराटनगर[/caption]