राष्ट्रिय पोषण तथा खाद्य सुरक्षाको बहुक्षेत्रीय पोषण योजना सार्वजनिकीकरण

<span class='c1'>राष्ट्रिय पोषण तथा खाद्य सुरक्षाको</span> <span class='c2'>बहुक्षेत्रीय पोषण योजना सार्वजनिकीकरण</span>

काठमाडौं । राष्ट्रिय योजना आयोग अन्तर्गत राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा सचिवालयले बहुक्षेत्रीय पोषण योजना–तेश्रो (२०८०/८१–२०८७/८८) सार्वजनिकीकरण गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमकोबीच पोषण सम्बन्धी राष्ट्रिय तथा विश्वव्यापी लक्ष्यको प्राप्तिको लागि उक्त योजनाको सार्वजनिकीकरण गरिएको हो ।

पोषण तथा खाद्य सुरक्षाको क्षेत्रमा हालसम्म प्राप्त भएका उपलब्धीलाई कायम राख्दै पोषण सम्बन्धी राष्ट्रिय तथा विश्वव्यापी लक्ष्यको प्राप्ति तथा अन्तर्राष्ट्रिय प्रतिवद्धता (दीगो विकास लक्ष्य, २०३०, वृद्धिको लागि पोषण २०२१ र संयुक्त राष्ट्र खाद्य प्रणाली शिखर सम्मेलन २०२१) पुरा गर्न बहुक्षेत्रीय पोषण योजना–तेश्रो (२०८०/८१–२०८७/८८) को तर्जुमा गरिएको हो ।

५ वर्ष मुनिका बालबालिका, सुनौला हजार दिनका महिला तथा किशोरीको पोषण अवस्थामा सुधार ल्याउन राष्ट्रिय योजना आयोगको नेतृत्वमा तथा समन्वयमा ६ वटा मन्त्रालयहरु (स्वास्थ्य तथा जनसंख्या, शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि तथा पशुपन्छी विकास, महिला तथा बालबालिका र संघीय मामिला तथा सामान्य प्रशासन), प्रदेश तथा स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन हुदै आएको छ ।
महिला र बालबालिकाको पोषणको अवस्थामा उल्लेखनीय सुधार भए तापनि लिङ्ग, उमेर, प्रदेश, बसोबासको स्थान, आर्थिक अवस्था, शैक्षिक योग्यता र अन्य सामाजिक–जनसांख्यिक विशेषताका आधारमा फरक फरक प्रगति हासिल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्