मनमोहन प्राविधिक विश्वविद्यालयमा थप नयाँ शैक्षिक कार्यक्रम सञ्चालन हुने

<span class='c1'>मनमोहन प्राविधिक विश्वविद्यालयमा थप नयाँ</span> <span class='c2'>शैक्षिक कार्यक्रम सञ्चालन हुने</span>

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभाले थप नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ। सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने प्रस्तावसहित चालु आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट तथा कार्यक्रम पारित गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले प्रदेश सरकारको गौरव भएकोले विश्वविद्यालयको स्तरोन्नतिमा विशेष चासो दिने बताए। उनले एक वर्षभित्र स्वास्थ्य तर्फका प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्न प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।

विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले इन्जिनियरिङ, मेडिकल एण्ड एप्लाइड हेल्थ र साइन्स एण्ड टेक्नोलोजी कार्यक्रमहरु सफलतापूर्वक सञ्चालन भइरहेको जानकारी दिए। उनले अस्पताल व्यवस्थापनमा विद्यार्थी भर्ना लिइसकेको र चाँडै व्यवस्थापन कानुनमा पनि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताए।

विश्वविद्यालयले विभिन्न प्रयोगशालाहरु स्थापना गरिसकेको र चाँडै मेडिसिन टेष्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना रहेको छ। साथै, उत्पादित जनशक्तिलाई रोजगार दिलाउन अधिकृत नियुक्त गरिसकेको र चाँडै विभाग गठन गर्ने योजना रहेको रजिष्ट्रार डा. दिलनाथ फुयालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्