सातौ राष्ट्रिय प्रतियोगीता : पुर्वाञ्चल बास्केटबल खेलाडीको छनौट

<span class='c1'>सातौ राष्ट्रिय प्रतियोगीता :</span> <span class='c2'>पुर्वाञ्चल बास्केटबल खेलाडीको छनौट</span>

 

बिराटनगर मङ्सिर ३० . आगामी पौष ८ गते देखि १५ गते सम्म संचालन हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत पुर्वाञ्चल क्षेत्रको बास्केटवल खेलाडि छनौट भएका छन । मंसिर २४ र २५ गते उदयपुर जिल्लाको गाइघाटमा संपन्न क्षेत्रिय वास्केटवल छनौट प्रतियोगितामा सहभागि जिल्लाहरुवाट खेलाडि छनौट गरिएको नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष तथा छनौट समिती सदस्य सुरजकुमार लामाले वताए । सुनसरी, मोरङ्ग, इलाम, झापा र उदयपुर गरि ५ वटा जिल्लाले सहभागिता जनाएका छनौट प्रतियोगितामा सुनसरी प्रथम भएका थिए । छनौट हुने खेलाडिहरुमा सुनसरीवाट नविन राई, हेमन्त राई, विवेकमनि श्रेष्ठ, प्रदिप गुरुङ्ग, नितेस प्रधान , इलामवाट विजय वुर्जा, मनिस तामाङ्ग, रोदन गुरुङ्ग, मोरङ्गबाट त्रिलोक बास्तोल , उदयपुरबाट माधव निरौला र झापाबाट सुरज खडका र प्रशिक्षकमा बिकास चाम्लिङ राई र सहायक प्रशिक्षकमा युगल लिम्वु रहेका छन । साथै अमिर श्रेष्ठ उदयपुर र सिजन धमला सुनसरी वैकल्पिक खेलाडिमा रहेका छन । छनौट भएका खेलाडिहरुलाई पौष १ गते देखि ७ गते सम्म धरानमा वन्द प्रशिक्षण दिइने पुर्वाञ्चल बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराए । बास्केटवल खेलको राष्ट्रिय प्रतियोगिता धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा सम्पन्न हुने सुनसरी जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनप्रसाद राईले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्