क्यान्सर पिडित आफ्नै विद्यार्थीलाई सत्यनारायण स्कुलका शिक्षक विद्यार्थीको सहयोग

<span class='c1'>क्यान्सर पिडित आफ्नै विद्यार्थीलाई सत्यनारायण</span> <span class='c2'>स्कुलका शिक्षक विद्यार्थीको सहयोग</span>

विराटनगर । मानवीयताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै विराटनगरस्थित सत्यनारायण स्कुलले आफ्नै विद्यार्थीको जीवन बचाउन महत्त्वपूर्ण पहल गरेको छ। कक्षा ५ मा अध्ययनरत शाक्षी चौधरी नामक एक विद्यार्थी बल्ड क्यान्सरबाट पीडित भएको थाहा पाएपछि स्कुल प्रशासनले तत्काल सहयोगको हात अघि बढाएको हो।

स्कुलका प्रधानाध्यापक पुरुषोत्तम गुरागाईका अनुसार, विद्यार्थी र शिक्षकहरूको संयुक्त प्रयासबाट एक लाख ६ हजार रुपैयाँ सङ्कलन गरिएको छ। यो रकम जुनियर रेडक्रस सर्कलमार्फत चौधरीका अभिभावकलाई हस्तान्तरण गरिएको छ। यस रकमले शाक्षीको उपचारमा केही सहजता ल्याउने आशा गरिएको छ।

"हाम्रो स्कुल परिवारको एक सदस्य कठिन परिस्थितिमा छ भन्ने थाहा पाउना साथ हामीले यथाशक्य सहयोग गर्ने निर्णय गर्यौं," गुरागाईले भने। "यो केवल आर्थिक सहयोग मात्र होइन, यसले शाक्षी र उनको परिवारलाई मानसिक बल पनि प्रदान गर्ने छ भन्ने हाम्रो विश्वास छ।"

यस कदमले स्कुल समुदायमा एकता र सहानुभूतिको भावना बढाएको छ। अन्य विद्यार्थीहरूले पनि यस प्रकारका सामाजिक उत्तरदायित्वका कार्यहरूमा सहभागी हुन प्रेरणा पाएका छन्।

आर्थिक सहयोगका लागि
बैंक : नेपाल बैंक लिमिटेड
रबिन्द्र कुमार चौधरी
खाता नम्बर : ०१३०१०००७०००५६००००१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्