कांग्रेस-एमालेबीचको गठबन्धनको औचित्य पुष्टि हुनुपर्छ : डा.डिला संग्रौला

<span class='c1'>कांग्रेस-एमालेबीचको गठबन्धनको औचित्य पुष्टि</span> <span class='c2'>हुनुपर्छ : डा.डिला संग्रौला</span>

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख डा.डिला संग्रौलाले संविधान संशोधन गर्दा महिलाहरुको अधिकारलाई अझै फराकिलो बनाउनुपर्ने औंल्याएकी छिन् । उनले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुलाई अवसर दिनुपर्ने जिकिर गरिन ।

विहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रतिनिधि सभा र प्रदेश सभामा ३३ प्रतिशत महिलाहरुको उपस्थिति रहेपनि त्यो अपुग भएको उनले बताइन ।

उनले कांग्रेस र एमालेबीच किन गठबन्धन गरेको भन्ने प्रश्नको जवाफ जनतालाई चित्तबुझनेगरी दिनुपर्ने पनि बताइन । संविधानमा देखिएका जटिलता, चुनौति र समस्यालाई आत्मसाथ गर्दै विभिन्न भाषाभाषी, धर्म, लिंग, बणर्हरुको समानुपातिक समावेशी प्रतिनिधित्व गर्दै संविधान संशोधन हुनुपर्ने बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्