सिक्किम च्याम्पियन नेपाली महिला बास्केटबल टोलीलाई विराटनगरमा सम्मान

<span class='c1'>सिक्किम च्याम्पियन नेपाली महिला</span> <span class='c2'>बास्केटबल टोलीलाई विराटनगरमा सम्मान</span>

विराटनगर । हालै सम्पन्न सिक्किम ओपन स्टेट च्याम्पियनसिप २०२४ मा शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेको नेपाली महिला बास्केटबल टोलीलाई बिहीबार विराटनगरमा सम्मान गरिएको छ।

विराटनगरस्थित ह्याप्पी आवर हेभनमा आयोजित एक कार्यक्रममा विजेता खेलाडीहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गाम, नेपाल बास्केटबल संघका उपाध्यक्ष बिनायक कान्त पन्त, कोशी प्रदेश बास्केटबल संघका अध्यक्ष मनीष गुरुङ, सचिव सरोज लम्साल र मोरङ बास्केटबल संघका सचिव त्रिलोक बास्तोला उपस्थित थिए। उच्च पदस्थ अतिथिहरूले विजेता खेलाडीहरूलाई खादा लगाएर सम्मान गरे।

नेपालको महिला बास्केटबल टिमले भारतको सिक्किममा भएको स्टेट लेभल बास्केटबल प्रतियोगिताको खुला महिलातर्फ उपाधिको थियो । गान्तोकस्थित पाल्जोर स्टेडियम कम्प्लेक्सको ईन्डोर बास्केटबल कोर्टमा बुधबार भएको महिलातर्फको फाइनलमा नेपालले सिलोङ लाबोटलाई ५९-२७ ले पराजित गर्दै च्याम्पियन बनेको थियो। सिक्किम बास्केटबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ टोलीको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्