विराटनगरको म्याजिक वासरले मानवसेवा आश्रमसँग वार्षिकोत्सव मनायो

<span class='c1'>विराटनगरको म्याजिक वासरले मानवसेवा</span> <span class='c2'>आश्रमसँग वार्षिकोत्सव मनायो</span>

विराटनगर । विराटनगर–७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले पाँचौं वार्षिकोत्सव मानवसेवा आश्रमसँग मनाएको छ ।

बुधबार म्याजिक वासरले मानवसेवा आश्रमको तीनटोलिया सेवा केन्द्रमा कपडा वितरण गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो।

म्याजिक वासरका प्रबन्ध निर्देशक नोमस चापागाईका अनुसार, आश्रममा बस्ने ६५ जना आमाहरूलाई नयाँ कपडा वितरण गरिएको छ। "हामीले हाम्रो व्यवसायको सफलतालाई समुदायसँग बाँड्न चाहेका छौं," चापागाईले भने। "यो वर्ष हामीले मानवसेवा आश्रमलाई रोज्यौं किनभने उनीहरूले गरिरहेको काम अत्यन्त महत्त्वपूर्ण छ।"

२०७६ असोज २ गतेदेखि सञ्चालनमा आएको म्याजिक वासरले विगत पाँच वर्षदेखि विराटनगर र आसपासका क्षेत्रमा पिकअप एण्ड डेलिभरीको सुविधासहित अत्याधुनिक प्रविधिबाट लुगा धुने, निचोडने, सुकाउने र आयरन गर्ने,घर तथा अफिसको सोफा, कार्पेट, गलैंचा र पर्दा सफा गरिनुका साथै टायल्स क्लिनिङ तथा बफिङ र मार्बल क्लिनिङ एण्ड पोलिसिङ लगायतका सेवा दिँदै आएको थियो।

म्याजिक वासरले आगामी वर्षहरूमा यस्ता सामाजिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। चापागाईले थपे, "हामी व्यावसायिक सफलताको साथसाथै सामाजिक जिम्मेवारी पनि पूरा गर्न प्रतिबद्ध छौं।"

म्याजिक वासरमा हाल अत्याधुनिक प्रविधिसहित ७ जना दक्ष कर्मचारीहरुले सम्पूर्ण सेवा प्रवाह गर्दै आईरहेका छन् । कमर्सियल वासिङ मेशिन, हाईड्रो एक्स्ट्राक्टर, ड्रायर र स्टीम आइरन लगायतका प्रविधियुक्त मेशिनरीबाट विगत ५ वर्षभन्दा बढी समयदेखि म्याजिक वासरले आफ्नो गुणस्तरीय सेवा दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्