राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

<span class='c1'>राष्ट्रसंघ महासभामा भाग लिन</span> <span class='c2'>प्रधानमन्त्री अमेरिका प्रस्थान</span>

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् ।

शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो ।

टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली असोज ८ गते महासभाको साधारण बहसको उदघाटन सत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री असोज १४ गते स्वदेश फर्कनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्