चीनको सांघाइमा आएको आँधीका कारण श्रमिकहरु विस्थापित

<span class='c1'>चीनको सांघाइमा आएको आँधीका</span> <span class='c2'>कारण श्रमिकहरु विस्थापित</span>

एजेन्सी । चीनको सांघाइ सहर क्षेत्रमा आएको तिब्र गतिको आँधीसँगै आएको बर्षा र बाढीले जनजीवन प्रभावित भएको छ ।

विहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको सीसीटिभीप्लसले जनाएको छ । तर ठूलो क्षतिका घटनाहरु भएका छैनन् भने आँधीको बेग कम हुँदै गएको छ ।

पुलासन नाम दिएको आँधी ८३ किलोमिटर प्रतिघन्टाको वेगमा अवतरण गरेको थियो । जसका कारण सांघाइ र जियाङ्सुका धेरै क्षेत्रहरु खाली गराइएको छ। पचहत्तर वर्षको इतिहासमा सबैभन्दा शक्तिशाली आँधी आएको केही दिनपछि चीनमा दोस्रो आँधी आएको हो । केही दिनअघि बेबिनकाले आँधीले विध्वंश मच्चाए लगत्तै दोस्रो आँधी आएको हो । सन् १९४९ यस्तै किसिमको शक्तिशाली आँधी आएको एजेन्सीहरुले जनाएका छन् ।-सीसीटिभीप्लस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्