विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ लिडर अवार्डको फाइनलिस्ट सूचीमा

<span class='c1'>विराटनगरका टार्जन बुढाथोकी अष्ट्रेलियाको इमर्जिङ</span> <span class='c2'>लिडर अवार्डको फाइनलिस्ट सूचीमा</span>

विराटनगर । विराटनगर घर भएका एक नेपाली विद्यार्थी टार्जन बुढाथोकी अष्ट्रेलियामा इमर्जिङ लिडर अल्मुनाई अवार्डको फाइनलिस्टको सूचीमा परेका छन् । विराटनगर-५ घर भएका उनी सन् २०१८ मा अष्ट्रेलिया गएका थिए । उनले विराटनगरको एभरेस्ट स्कुलबाट एसएलसी दिएका हुन् ।

स्टडी मेलवर्नले प्रदान गर्ने भिक्टोरियन इन्टरनेसनल एजुकेसन अवार्डका लागि ७ विधामा दिने अवार्ड मध्ये बुढाथोकीको नाम इमर्जिङ लिडर अल्मुनाई अवार्डको लागि प्रकाशित अन्तिम नामावलीमा समावेश भएको छ । उनीसँगै भारतका फजिल मोह्मद र बंगलादेशका हसन मुट्टाकिन पनि छन्। तीनमध्ये एक जनाले इमर्जिङ लिडर अवार्ड पाउने छन्। २०२२ मा मेलवर्न इन्ष्टिच्युट अफ टेक्नोलोजीबाट व्याचलर अफ इन्जिनियरिङ टेक्नोलोजिष्ट गरेका बुढाथोकी टिएक्सओ कम्पनीमा काम गर्छन्।

विश्वविद्यालय पढ्दा देखाएको नेतृत्वदायी क्षमता, आफ्नो समुदायमा गरेको योगदान र भिक्टोरियाको अन्तर्राष्ट्रिय शिक्षामा गरेको योगदानका आधारमा प्रतिस्पर्धी छानिन्छन्। उनी मेलवर्नमा रहेका नेपाली विद्यार्थी र यहाँ हुर्किंदै गरेको नेपालीभाषी पुस्तालाई एकआपसमा घुलमिल गराउने अनि यहाँको संस्कृतिसँग समेत परिचित गराउने उद्देश्यले स्थापना भएको मेलवर्न नेपालका उपाध्यक्ष हुन्।

इमर्जिङ लिडरको अवार्ड पाएमा त्यसले नेपाली समुदायलाई भिक्टोरियामा चिनाउन थप सहज हुने बुढाथोकीले बताए। ‘इमर्जिङ लिडर बन्न सकियो भने यसको प्रतिनिधित्व महत्वपूर्ण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्