जीवन विकासको स्थापना दिवसमा वृक्षारोपण

<span class='c1'>जीवन विकासको स्थापना</span> <span class='c2'>दिवसमा वृक्षारोपण</span>

विराटनगर । जीवन विकास समाजले मोरङको जहदा गाउँपालिका- ४ रामचोकमा वृक्षारोपण गरेको छ ।

शनिबार २७ औं स्थापना दिवसको अवसरमा समाजले वृक्षारोपण गरेको हो ।

विक्रम सम्वत् २०५४ सालमा स्थापना भएको जीवन विकास समाजले शिक्षा, स्वास्थ्य, कृषि र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्रवद्र्धक संस्था पनि जीवन विकास समाज हो । समाजको संस्थापक मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल हुन् । स्थापना दिवसको अवसरमा रामचोकमा कालोपत्रे सडक किनारमा बिरुवा रोपेको समाजले जनाएको छ । समाजका उपाध्यक्ष अजयकुमार मण्डलको अध्यक्षतामा सुरु भएको वृक्षारोपण कार्यक्रममा जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डल प्रमुख अतिथि थिए ।

कार्यक्रममा उनले वातावरण संरक्षणका लागि वृक्षारोपण आवश्यक रहेको बताए । रोपिएको बिरुवा संरक्षणका लागि उनले स्थानीयवासीलाई आग्रह गरे । पृथ्वीको तापक्रम बढ्दै गएको बताउँदै उनले तापक्रमलाई सन्तुलनमा राख्न पनि वृक्षरोपण गर्नुपर्ने बताए । ‘पछिल्लो वर्षहरूमा पृथ्वीको तापक्रम निरन्तर बढ्दो छ, वातावरणमा असन्तुलन छ,’ उनले भने,‘ तापक्रम नियन्त्रण गर्ने उपाय वृक्षरोपण नै हो, वृक्षरोपण पछि संरक्षणमा समाज सचेत हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्