शहरको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री सिंह

<span class='c1'>शहरको विकासमा निजी क्षेत्रको भूमिका</span> <span class='c2'>महत्वपूर्ण : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

आइतबार मन्त्री सिंहले मन्त्रालयमै नेपाल जग्गा तथा आवास विकास महासंघका प्रतिनिधिहरुसँग छलफल गरेका हुन्।

प्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सिंहले शहरी क्षेत्रमा देखापरेका समस्यालाई नीति नियम बनाएर समधान गरिने बताए । उनले सहरलाई व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि नीति नियम बनाउन जरुरी रहेको बताए । उनले भने, ‘टाउन डेभलपमेन्ट शहरलाई विकास गर्ने क्रममा देखा परेका समस्याहरुलाई पहिचान गरेर नीति नियम बनाएर ऐनमा लानका लागि प्रयास भइरहेका छन् । ग्रोथको इन्जिन भनेको शहरमै हो त्यसैले शहरलाई अलि व्यवस्थापन गर्दै लग्नुपर्छ । शहरलाई व्यवस्थित गर्दै गरे अर्पाटमेन्टदेखि विभिन्न क्षेत्रमा देखा परेका कमी कमजोरीहरुलाई खोजेर समाधान गर्नुपर्छ ।’

यस्तै उनले शहरी क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई पत्ता लगाएर विधी प्रकृया अनुसार ऐन बनाउनु पर्ने बताए । उनले शहरको विकास गर्ने क्रममा राज्यलाई मात्र नभएर निजी क्षेत्रहरुलाई पनि समावेश गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्