झापामा आगलागीबाट १२ लाखको क्षति

<span class='c1'>झापामा आगलागीबाट १२</span> <span class='c2'>लाखको क्षति</span>

झापा । झापाको हल्दिबारी–३ रमाईलो चोक बस्ने ताराबल गिरीको घरमा आगलागी हुँदा १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट गिरीको घर र घरसँगै रहेको गोठ जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट गोठमा रहेका ९ वटा खसी बाख्रा जलेर मृत्यु भएको तथा एउटा बाछा समेत जलेर घाइते भईको छ । घरमा भण्डार गरी राखिएको धान, चामल, मकै, गहुँ पूर्ण रुपमा नष्ट हुँदा १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी मेहेगी ल्वामु तामाङले जानकारी दिइन् ।

भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, स्थानीय मानिसहरूको सहयोगमा बिहान ४ बजे आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन नसकेको तामाङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्