दशैं तिहारमा चिनीको अभाव नहुने

<span class='c1'>दशैं तिहारमा चिनीको</span> <span class='c2'>अभाव नहुने</span>

काठमाडौं । दशैं तिहारमा चिनीको समस्या नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले भारतबाट खरिद गरेको आठ हजार एक सय मेट्रिक टन चिनी बिक्रीका लागि बजारमा पठाउन गरिसकेकाले अभाव टर्ने दावी गरिएको छ ।

भारतबाट चिनी ल्याउनका लागि सात वटा व्यवसायी कम्पनीले छनोट गरी चिनी आयात भइसकेको र बजार पठाउन सुरु गरिएको विभागले जनाएको छ । भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति गरेको थियो । चिनी प्रतिकेजी १०७ रुपैंयाँ ५० पैसा तोकिएको छ । २०८० कात्तिक महिनामा नै भारत सरकारले नेपाललाई २५ हजार मेट्रिक टन चिनी उपलब्ध गराउने सहमति भएको थियो । जसमा छ हजार मेट्रिक टन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरसनले खरिद गर्ने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्