प्रहरी महानिरीक्षक कुँवर ग्रीसतर्फ,राईलाई दैनिक कामकाजको जिम्मेवारी

<span class='c1'>प्रहरी महानिरीक्षक कुँवर ग्रीसतर्फ,राईलाई</span> <span class='c2'>दैनिक कामकाजको जिम्मेवारी</span>

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन् ।

मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ अर्थात मंगलबारदेखि असोज १० अर्थात बिहीबारसम्म यूएस ड्रग इन्फ्रसमेन्ट एडमिनिस्ट्रेसनको आयोजनामा सञ्चालन हुने ३८औं इन्टरनेशनल ड्रग इनफ्रसमेन्ट कन्फ्रेन्समा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर सोमबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुने छन् । उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाइ गरेका हुन् । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्