कोशी नाम खारेजीको माग गर्दै पाँचथरमा जसपा नेपालको जुलुस

<span class='c1'>कोशी नाम खारेजीको माग गर्दै</span> <span class='c2'>पाँचथरमा जसपा नेपालको जुलुस</span>

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोसी नामकरण खारेजीको माग गर्दै जुलुस निकालेको छ ।

कोशी नामलाई खारेज गर्नुपर्ने र पहिचानका आधारमा प्रदेशको नामकरण गर्न माग गर्दै जसपाले पाँचथरको फिदीममा सोमबार जुलुस निकालेको हो ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा पहिचान झल्किने भेषभुषा र बाजागाजासहित नेता, कार्यकर्ता तथा पहिचानवादीहरु जुलुसमा सहभागी भएका थिए । जुलुसमा पहिचानको मान्यता, समानुपातिक समावेशीता, सुशासन र सामाजिक न्यायको नारा लगाइएको थियो । जसपा नेपालले कोशी नाम खारेजी र पहिचानका आधारमा प्रदेशको नामकरणका लागि रकम चेम्जोङको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेको छ ।

जिल्ला समन्वय समितिकोको सभा हलमा जसपा नेपालले आजै आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत अभियन्ता अभिमुखीकरण कार्यक्रम गर्न लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्