यो प्रचण्डको संविधान हो ,यसैलाई नेपालको संविधान बनाउनु पर्छ : उपाध्यक्ष मिश्र

<span class='c1'>यो प्रचण्डको संविधान हो ,यसैलाई नेपालको</span> <span class='c2'>संविधान बनाउनु पर्छ : उपाध्यक्ष मिश्र</span>

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपालको संविधान २०७२ प्रचण्डको संविधान भएको दाबी गरेका छन् ।
संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता विषयक अन्तरक्रिया कार्यक्रममा उनले सशस्त्र द्वन्द्वको १० र मूलधारको राजनीतिमा आएको १५ वर्ष राजनीति प्रचण्डकै वरिपरि घुमिराखेको भन्दै यो प्रचण्डको संविधान २०७२ भएको बताएका हुन् ।

आजको वास्तविकता पनि प्रचण्डलबाट नै उजागर भएको र अब सुधारको लागि पनि प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्ने उनको धारणा छ।

उनले भने, ‘नेपालको संविधान २०७२ लाई मैले प्रचण्डको संविधान २०७२ भन्ने गरेको छु र अहिले हामी जुन बाटो हिँडिरहेका छौं, त्यो यहाँ अरु पार्टीका साथीहरु पनि हुनुहुन्छ, पहिले सशस्त्र द्वन्द्वको १० वर्ष त्यो सम्पूर्ण समय प्रचण्डको वरिपरि राजनीति घुम्यो । र जब उहाँ मूलधारको राजनीतिमा आएको १५ वर्षपछि पनि उहाँकै वरिपरि राजनीति घुमिराखेको छ । ३२ सीटको जादुमय कुरा त उहाँ आफैंले गर्नुभएको छ, सीट थोरै होस् वा धेरै उहाँकै वरिपरि घुमिरहेको छ । यो संविधानलाई प्रचण्डको संविधान भन्नुको कारण के हो भने यसबाट जे भएको छ, त्यो प्रचण्डकै संविधानमार्फत गरिएको छ, जे वास्तविकता छ त्यो पनि यहीबाट उजागर भएका छन्, र जे सुधार खोजिन्छ अब प्रचण्डको संविधानलाई नेपालको संविधान बनाउनु पर्छ भन्ने मेरो धारणा हो।’

यसको साथै, उनले काङ्ग्रेस र एमालेका साथिहरुले यो संविधान हामीले बनाएको भनेर हात उठाए पनि संविधानको निर्माणमा सबैको सहायक भूमिकामा केन्द्रमा प्रचण्ड नै रहेको बताए । संविधानको अब हाँगा र पातको उपचार खोजेर यसलाई टालटुल गरेर देशलाई सहि दिशामा ल्याउन नसकिने पनि उनको भनाई छ ।

उनले भने, ‘तपाईको कोटमा एक, दुई ठाँउमा प्वाल पर्यो भने सिलाउन सकिन्छ तर जतात्यतै बाट च्यातियो भने सकिदैँन् त्यसैगरि यो संविधानको अब हाँगा हाँगा र पातको उपचार खोजेर यो संविधानले यो देशलाई सहि दिशामा ल्याउन सकिदैँन् । यो संविधानलाई टालटुल गरेर हुदैँन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्