टंकिस्थित युनाईटेट स्प्रिट लिक्वर्समा आगलागी

<span class='c1'>टंकिस्थित युनाईटेट स्प्रिट</span> <span class='c2'>लिक्वर्समा आगलागी</span>

विराटनगर, पुस ५,

मोरङको टंकिसिनुवारी २ स्थित युनाईटेट स्प्रिट लिक्वर्स प्रा.लि. मा सोमबार बिहान आगलागी भएको छ।

लिक्वर्स फ्याक्ट्रीको पश्चिम पट्टी रहेको स्प्रीट प्लान्टमा बिहान १०३० बजे अचानक बिधुत सर्ट हुँदा आगलागी भएको हो। आगलागीबाट उधोगको रहेको कच्चा पदार्थ तथा प्लान्ट जल्दा अन्दाजी एक करोड बराबरको क्षति भएको बताइएको छ।

आगलागी स्थानीय इलाका प्रहरी कार्यालय निमुवाबाट गएका नेपाल प्रहरी र स्थानीय सशस्त्र प्रहरीको टोली तथा उधोगका मजदुरहरुको सहयोगमा बिहान ११ बजे नियन्त्रण गरिएको छ।

त्यसैगरी उदयपुरको खाँबु-३ कुभिन्डेटोल स्थित हरिचन्द्र बस्नेतको घरमा गएराती बिधुत सर्ट भई आगलागी हुँदा काठ र ढुङगा माटोले बनेको तीन घर, घरभित्र रहेको खाधान्न, लत्ताकपडा जल्दा अन्दाजी पाँच लाख बराबरको क्षति भएको छ।

राती करिब १ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा बिहान ०३:३० बजे नियन्त्रणमा आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्