सास्थम कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई ४ दिने प्रेरणात्मक कार्यशाला

<span class='c1'>सास्थम कलेजमा भर्ना भएका नयाँ</span> <span class='c2'>विद्यार्थीलाई ४ दिने प्रेरणात्मक कार्यशाला</span>

विराटनगर । विराटनगर १४ मलाय रोड रहेको साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम ) कलेजले नव प्रवेशी विद्यार्थीहरुको लागि आईतबारबाट ४ दिने प्रेरणात्मक कार्यशाला सुरु भएको छ ।

सास्थम कलेजमा यसैबर्ष भर्ना भएका विएचएम र विविएका विद्यार्थीहरुलाई विराटनगरको रत्ना होटेलमा एक कार्यक्रमको आयोजना गरी कलेजका विशेषज्ञहरुबाट आगामी दिनको पढाई तथा कलेजको निति नियमबारे जानकारी समेत गराईने कलेजले जनाएको छ ।

विद्यार्थीहरुलाई पहिलो दिन स्वागत एवं अभिमुकरण र परिचयत्मक साथै कलेजको पाठ्यक्रम, विषयगत बुझाई परीक्षा विधीका बारेमा जानकारी गराईएको थियो । त्यसैगरी क्रमस कलेजमा प्रयोगात्मक बारे ल्याब, कम्प्युटर, क्याफ्टेरीया, विद्यार्थीहरुको नेतृत्व विकास विभिन्न विषयगत कार्यशाला बारे जानकारी गराईने भएको छ ।

सास्थम कलेजका म्यानेजर महेश्वरप्रसाद सिंह, विएचएम प्रोगाम डाईरेक्टर शैलेन्द्र गणेश , विविए प्रोगाम डाईरेक्टर विनय विष्णु केसी र कलेजका म्यानजिङ डाईरेक्टर रोशनबहादुर थापाले सहजीकरण गर्दैछन् । ४ दिन मध्ये २ दिन सास्थम कलेजको बारेमा बुझाइने र बाँकी २ दिन विद्यार्थीको व्यवहार तथा उनीहरूको व्यक्तित्व विकासको विषयलाई ध्यानमा राखेर प्रशिक्षण दिइने सास्थमका प्रशासन तथा व्यवस्थापन म्यानेजर राजेश गुरुङले जानकारी दिए ।

कलेजमा यसपटक बिएचएमा १२० जना र बिबिएका ९६ जना विद्यार्थीले भर्ना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्