क्रिकेट फाइनलको उपाधि गोदावरी बोर्डिङ स्कूललाई

<span class='c1'>क्रिकेट फाइनलको उपाधि</span> <span class='c2'>गोदावरी बोर्डिङ स्कूललाई</span>

५ पुस,विराटनगर । पूर्वाञ्चल एकाडेमीको आयोजनामा विराटनगरमा सञ्चालन भएको पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा गोदावरी बोर्डिङ स्कूल विजयी भएको छ । गोदावरीले यूरोकिड्स स्कूललाई ३२ रनले पराजित गरी उपाधि हात पारेको छ ।
टस हारेर ब्याटिङ गरेको गोदावरीले निर्धारित २० ओभरमा ६ विकेट गमाई १ सय ४९ रनको योगफल तयार पारेको थियोे । जस्मा रिक्की देवकोटाले ३७ रन, सिद्धान्त साहले ३१ र कृष्ण मण्डलले नटआउट १४ रनकोे योगदान गरेका थिए । यूरो किड्सका सचिन क्षेत्रिले २ विकेट लिएका थिए ।
जवाफमा १ सय ५० रनको विजय लक्ष्य पछ्याएको यूरो किड्सले १७ ओभरमा सवै विकेट गुमाई १ सय १७ रन बनायोे । जस्म प्रिन्स यादवले ४३ रन, हर्ष यादवले ३० रन र गौरव खन्डेलवालले ११ रनको योगदान दिएका थिए । गोदावरीका कृष्ण मण्डल, सौरभ सोनि र विजय यादवले २–२ विकेट लिएका थिए ।
खेलको म्यान अफ दी म्याच गोदावरीका रिक्की देवकोटा घोषित भए भने म्यान अफद सिरीज नमुनाका अनिस श्रेष्ठ घोषित भए । उनले साइकल हात पारेका छन् । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान गोदावरीका राहुल साह र उत्कृष्ट बलर यूरोकिड्सका सचिन क्षेत्री भए । त्यस्तै विराटनगरको नमुना विद्या मन्दिर अनुशासित टिम घोषित भएको छ । मंसिर १८ गतेदेखि शुरु भएको प्रतियोगितामा मोरङ, सुनसरी र सप्तरी का २४ स्कूल सहभागि रहेको खेल संयोजक अजय राजवंशीले जानकारी दिए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथी नमुना विद्या मन्दिरका प्रिन्सिप शिवप्रसाद अधिकारी, मिरादेवी राजवंशी, मार्टस मेमोरीयक स्कूलका लेखा प्रमुख रोशन ठाकुर, कोशी क्याम्पसका सञ्चालक मनिस सोनी र लियो डिस्ट्रीक ३२५ एवान नेपालका मोरङ जिल्ला अध्यक्ष चान्दबाबु इराकीले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्