महिला फुटबलमा सशस्त्र प्रहरी बल एपीएफ अन्तिम चारमा

<span class='c1'>महिला फुटबलमा सशस्त्र प्रहरी</span> <span class='c2'>बल एपीएफ अन्तिम चारमा</span>

बिनु तिम्सिना

सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागिय टोली सशस्त्र प्रहरी बल एपीएफ अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरि अर्को खेलमा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई पराजित गर्दै महत्वपूर्ण तीन अंक सुरक्षित गरेको छ ।

सुनसरीको दुहबीस्थिते खेलमैदानमा जारी प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफको टोलीले सुदूरपश्चिमाञ्चलको टोलीलाई एकका विरुद्ध चार गोलले पराजित गरेको छ । यस जितसंगै समूह क मा ६ अंक बनाएको एपीएफको टोली प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । खेलको ११ औं मिनेटमा एपीएफकी रेखा पौडेलले गोल गर्दै एक शुन्यको अग्रता दिलाएकी थिइन् । एक शुन्यले अग्रता बनाएको एपीएफले भने ८ मिनेट नवित्तै बरावरीको सामना गरेको थियो । सुदूरपश्चिमाञ्चलका लागि खेलको १९ औं मिनेटमा हेमा चौधरीले डि बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २८ औं मिनेटमा एपीएफकी तेजकुमारी गुरुङले गोल गर्दै टोलीलाई दुइ एकको अवस्थामा पुराइन् । पश्चिमाञ्चल विरुद्ध पहिलो खेलमा गोल गरेकी अनिता केसीले एपीएफका लागि खेलको ३६ औं मिनेट पुन गोल गर्दै टोलीलाई तीन एकको अवस्थामा पुराइन् । पहिलो हाफमा ३ एकले अग्रता बनाएको एपीएफका लागि खेलको ४७ औं मिनेटमा रञ्जना दर्जीले टोलीका लागि अन्तिम गोल गर्दै एपीएफलाई चार एक गोल अन्तरको जित सुनिश्चित गराएकी थिइन् । पहिलो खेलमा अनिता केसीलाई प्लयेर अफ दि म्याच घोषित गरिएको थियो । त्यसैगरि, आजै भएको दोश्रो खेलमा भने मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई तीन शुन्यले पराजित गरेको छ । महत्वपूर्ण तिन अंक जोड्ने क्रममा मध्यमाञ्चलका लागि रश्मी कुमारी घिसिंङले दुइ तथा मनिषा थापामगरले एक गोल गरिन् । दुइ गोल गरेकी रश्मी प्लयेर अफ दि म्याच घोषित भइन । प्रतियोगिता अन्तर्गत भोली एपीएफले नेपाल पुलिसको र अर्को खेलमा मध्यमाञ्चलले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्