सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित गर्भपतनको सेवा लिन स्वास्थ्यकर्मीको आग्रह

<span class='c1'>सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सुरक्षित</span> <span class='c2'>गर्भपतनको सेवा लिन स्वास्थ्यकर्मीको आग्रह</span>

विराटनगर । सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र सेवा लिन स्वास्थ्यकर्मीले जोड दिएका छन् । विराटनगरमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनको लागि जवाफदेहीता विषयक मिडिया सचेतना कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा कोशी प्रदेशकी स्वास्थ्य सचिव डा. राधिका थपलियाले सुरक्षित गर्भपतनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल््याउने बताइन् । सुरक्षित गर्भपतनका लागि स्वास्थ्य संस्थाहरूको सूचीकृत र अनुगमनलाई प्रदेश सरकारले विशेष कार्ययोजना ल्याउने जानकारी दिइन् । सुरक्षित गर्भपतन गराउन सेवा लिन जान हिचकिचाउने गरेको सचिव थपलियाले बताइन् । यसमा प्रदेश सरकारले सचेतना फैलाउने काम गरिरहेको उनको भनाइ छ ।


कोशी प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले सुरक्षित गर्भपतनका लागि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताए । असुरक्षित गर्भपतन रोक्न स्वास्थ्य निर्देशनालयले विशेष जोड दिएको सुनाउँदै यसका लागि मिडियाको विशेष सहयोग चाहिने बताए । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण साहले सुरक्षित गर्भपतनमा जोड दिँदै सुरक्षित गर्भपतन गराउनु कुनै अपराध नभएको बताए । सुरक्षित गर्भपतन सेवा महिलाहरूको अन्य प्रजनन स्वास्थ्य समस्या वा बाध्यताको समाधान भएको साहको भनाइ छ ।


महिलाले आत्मसम्मानपूर्वक गुणस्तरीय, सर्वसुलव तथा पहुँचयोग्य सुरक्षित गर्भपतन सेवा प्राप्त गर्न सक्ने वातावरणको निर्माण गर्नुपर्ने डा. साहको भनाई छ । गर्भपतन गर्नेमध्ये ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराएको तथ्याङ्क प्रस्तुत गर्दै डा.साहले गर्भपतन सम्बन्धी सामाजिक लाञ्छना र भेदभाव कायम रहँदा यसमा चुनौती थपिएको बताए । सुरक्षित गर्भपतन सेवा सीमित स्वास्थ्य संस्थामा मात्र उपलब्ध भएको तथा सूचीकृत संस्थामा पनि सेवा नियमित नहुँदा सुरक्षित गर्भपतनमा चुनौती देखिएको उनको भनाइ छ ।
स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेश मेहताले सुरक्षित गर्भपतनमा सबैले जोड दिनुपर्ने बताए । सुरक्षित गर्भपतनका लागि सञ्चार माध्यमले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।


विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलिपकुमार यादवले सूचीकृत संस्थाबाट मात्र सुरक्षित गर्भपतन गराउनु पर्नेमा जोड दिए । विराटनगरको रानी अस्पताल गर्भपतनका लागि सूचीकृत र सुरक्षित गर्भपतन सेवा दिने स्वास्थ्य संस्था भएपनि जनशक्ति र उपकरण अभावले सेवा रोकिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्