विराटनगरमा भारी वर्षाः महानगरको उद्धार टोली सक्रिय

<span class='c1'>विराटनगरमा भारी वर्षाः महानगरको</span> <span class='c2'>उद्धार टोली सक्रिय</span>

इन्दु साह
विराटनगर । विराटनगरमा बिहीबारदेखी परेको अविरल वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उद्धार टोलीलाई सक्रिय अवस्थामा राखिएको छ।

विराटनगर महानगरपालिकाका सूचना अधिकारी अनिता न्यौपानेका अनुसार बिहान महानगरका कर्मचारीहरूले बैठक बसी उद्धारका लागि महानगर प्रहरीलाई परिचालन गर्ने निर्णय गरेका छन्।

न्यौपानेले जानकारी दिए अनुसार महानगरका १९ वटै वडा कार्यालयहरूसँग समन्वय गरी डुबानको समस्या समाधान गर्ने योजना रहेको छ। साथै महानगरपालिकाले उद्धारका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखेको छ। डुबान भएका स्थानहरूमा शुक्रबार बिहानदेखि डोजर परिचालन गरी पानी निकासको कार्य भइरहेको उनले बताइन्।

असार र श्रावण महिनामा पानीले डुबान गर्ने स्थानहरूमा पहिले नै पानीको निकास गरिएको कारण यस पटक खासै डुबान नहुने महानगरले जनाएको छ। कसैलाई डुबानको समस्या भएमा सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ। तर महानगरपालिकामा अहिलेसम्म डुबानको समस्या भएको भनेर कुनै गुनासो नआएको सूचना अधिकारीले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्