विराटनगरमा सवारी दुर्घटना, मानवीय क्षति भएन

<span class='c1'>विराटनगरमा सवारी दुर्घटना,</span> <span class='c2'>मानवीय क्षति भएन</span>

विराटनगर । विराटनगरस्थित आयल निगम अगाडि ट्रक र कार ठोक्किएर दुर्घटना भएको छ।

शुक्रबार बिहान ८:५५ बजे ढाटबाट विराटनगरतर्फ आउँदै गरेको दुवै सवारी दुर्घटना ठोक्किएर दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुवै सवारी साधन ढाटबाट आउँदै गरेको अवस्थामा आयल निगम अगाडि दुर्घटनामा परेका हुन्। एकै दिशाबाट आउँदै गरेका सवारी मध्ये पछाडिको प्रदेश १ ०२००१ क ४१७२ नम्बरको ट्रकले प्रदेश १ ०२००२ त ५३०९ नम्बरको कारलाई ठक्कर दिँदा कार अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।

उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख राजन लम्सालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्