मोरङको ग्रामथानमा प्रथम रविदानन्द चौधरी स्मृति कप हुने

<span class='c1'>मोरङको ग्रामथानमा प्रथम रविदानन्द</span> <span class='c2'>चौधरी स्मृति कप हुने</span>

विराटनगर । मोरङको ग्रामथानमा असोजको अन्तिम साताबाट प्रथम रविदानन्द चौधरी स्मृति कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

नेता चोक टाईगर क्लब ग्रामथानको आयोजनामा शिक्षासेवी रविदानन्द चौधरीको स्मृतिमा लिग कप नक आउट प्रतियोगिता असोज २९ गतेदेखि ग्रामथान गाउँपालिका ७ गणेश माविको खेल मैदानमा शुरू हुन लागेको हो ।

आयोजकले मोरङको नेता चोकमा शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी तिव्र रुपमा अगाडी बढेको जानकारी गारएको छ । प्रतियोगितामा ४० वर्ष नाघेका भेट्रान खेलाडीहरुले भाग लिन पाउने क्लवका सल्लाहकार ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको छ । आयोजक नेता चोक टाईगर क्लब, रंगशाला भेट्रान , विराटनगर युनाइटेड, चर्च इसाई युनाइटेड इटहरी, वराह भेट्रान बराहक्षेत्र, बोराबाध भेट्रान बेलबारी, विराट भेट्रान क्लब विराटनगर चोक र जनता भेट्रान सुनसरी बीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष मुक्ति गच्छदारले जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेल आयोजक नेताचोक टाईगर क्लब र विराटनगर युनाइटेड बीच हुनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकमा पशुपति बोर्डिङ र सहप्रायोजकमा थारू कल्याणकारी सभा मोरङ रहेको छ । प्रतियोगिताका विजेतालाई ३१ हजार रुपैयाँ , उपविजेतालाई २१ हजार रुपैयाँ र ट्रफि रहेको छ । फाइनल खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद ७ हजार रुपैयाँ , बेष्ट प्लेयर र बेष्ट किपरलाई ५ हजार र हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ नगद र ट्रफि प्रदान गरिनेछ ।

प्रतियोगितामा ५ लाख ५५ हजार रुपैयाँ खर्चको हुने अनुमान गरिएको क्लबका सचिव अविन गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्