एनबीएससी शोरुमको चौथो शाखा लेटाङमा

<span class='c1'>एनबीएससी शोरुमको चौथो</span> <span class='c2'>शाखा लेटाङमा</span>

विराटनगर । इलेक्ट्रोनिक्स आईटमका विभिन्न ब्राण्ड बिक्री गर्दै आएको एनबीएससी शोरुमले आफ्नो चौथो शाखा लेटाङमा संचालनमा ल्याएको छ ।

ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राख्दै असोज १२ गतेदेखि मोरङको लेटाङ ३ स्थित मेन रोड लेटाङ कम्प्लेक्समा चौथो शाखा संचालनमा ल्याएको हो।

संचालनमा ल्याएको एक महिनासम्म हरेक ब्राण्डका इलेक्ट्रोनिक्स सामानको एक्सचेन्ज अफर समेत दिएको छ । साथै यस स्वरूपमा विभिन्न ब्राण्डका ल्यापटप र कम्प्युटर पनि उपलब्ध हुने प्रबन्धक अतहर अन्सारीले जानकारी दिए । अन्सारीका अनुसार चाडपर्वको बेला आकर्षक छुटको व्यवस्था समेत गरेको छ । उनले हरेक सामानमा ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको जानकारी दिए ।

शोरुममा सामसुङ , हायर, गे लिफर, प्यानासोनिक, हाइसेन्स, ३ स्काइवर्थ र बाल्ट्रा लगायत अन्य विभिन्न ब्राण्डका इलेक्ट्रोनिक्स आईटमहरु उपलब्ध छन् । रेफ्रिजेरेटर, वासिङ मेशिन, एयर कन्डिसन, एलइडी, एक्वा गार्ड, राईस कुकर, मिक्सर र ओभन लगायतका इलेक्ट्रोनिक्सका सामानहरु यस सोरुममा सुपथ मूल्यमा पाउन सकिन्छ । ग्राहकहरुलाई एक लाखभन्दा माथिको सामान खरिदमा लक्की ड्र मार्फत एसी, वासिङ मसिन, फ्रिज उपहार दिने प्रबन्धक अन्सारीले जानकारी दिए।

एनबीएससी शोरुमको ३ वटा शाखा विगत लामो समयदेखि संचालन हुदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्