विराटनगर असोज १३,
कोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख ६१ हजार क्यूसेक मापन भएको छ ।
ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्णरूपले प्रतिबन्ध लगाइएको छ ।
याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । भारतीय पक्षले कोशीमा बाढीको बहाव प्रतिसेकेण्ड ६ लाख ८१ हजार ६ सय ३९ क्यूसेक पुग्न सक्ने पूर्वानुमान गरेको छ । सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ ।