विश्व मुटु दिवस : नियमित परिश्रम, व्यायाम र खानपानबाट मुटुरोगबाट जोगिन सकिने

<span class='c1'>विश्व मुटु दिवस : नियमित परिश्रम,</span> <span class='c2'>व्यायाम र खानपानबाट मुटुरोगबाट जोगिन सकिने</span>

मोरङ । ‘काम गरौं,मुटु बचार्औँ’ नाराका साथ विश्व मुटु दिवस २०८१ को उपलक्ष्यमा आज यहाँ जन चेतनमुलक प्रभातफेरीको आयोजना गरियो ।

ग्लेनमार्क फर्मासुटिकलद्वारा विराटनगरको कोशी अस्पतालको परिसरबाट निस्किएको प्रभातफेरीले हस्पिटल चोक,कालिमन्दिर चोक, जैनमन्दिर चोक, डिएसपी रोड चोक, गोल्छा मोड, डाँफे चोक,रङ्गशाला हुँदै पुनः अस्पतालमा पुगी कोण सभामा परिणत भएको थियो ।

प्रभातफेरीमा चिकित्सक, विभिन्न औषधि उद्योगका प्रतिनिधि, औषधि बिक्री प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वास्थ्य सेवामा आवद्धहरुको सहभागिता रहेको थियो । सो अवसरमा डा दिपक सिग्देल, डा उत्तर मैनाली,डा लक्ष्मी नारायण यादव, ग्लेनमार्कका जटाशंकर साह रौनियार र अन्जेस साहले मुटु रोगबाट हुने मृत्युलाई न्यूनिकरण गर्न हरिया सागसव्जी, दैनिक व्यायाम र समय समयमा चिकित्सकसँग चेकजाँच गर्न नागरिकहरुमा जनचेतना जगाउन दिवस मनाउँदै आएको बताएका छन् ।

धुम्रपान, मदिरा, गुलिया तथा चिल्लो पदार्थको त्याग र नुनको मात्रा कम प्रयोग गरेमा मुटु रोगबाट बच्न सकिन्छ । यो रोग लाग्न नदिन दैनिक शारिरीक परिश्रम र व्यायाम र नियमित रक्तचापको परिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ। नेपाल सरकारले मुट रोग लागेका दीर्घगीलाई रु.एक लाख उपचार सेवा निःशुल्क गरेको छ। भने ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्