मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु,काठमाडौंदेखि विराटनगरको भाडा सात हजार २ सय

<span class='c1'>मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु,काठमाडौंदेखि</span> <span class='c2'>विराटनगरको भाडा सात हजार २ सय</span>

काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दिएको जानकारी अनुसार सबै उडानहरु नियमित सुचारु भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो । काठमाडौंदेखि विराटनगर आउने भाडा सात हजार २ सय रुपैया भाडा तोकिएको छ । भने काठमाडौंदेखि झापाको भद्रपुरसम्म आएको भाडा ८ हजारदेखि सुरु भएर १२ हजार २५९ रुपैयासम्म रहेको रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्